संविधान दिवस मनाउनुको औचित्य छैन-महतो

741
views

कैलाली । राजपाअध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले यो संविधानमाथिको विरोध जारी रहेको बताउँदै संविधान दिवस मनाउनुको औचित्य नभएको बताउनु भएको छ । कैलालीमा बुधबार विरोध सभालाई सम्वोधन गर्दै उहाँले अहिलेको अवस्थामा आफूहरुले संविधान दिवस मनाउन नसक्ने पनि स्पष्ट पार्नुभयो ।

महत्तोले मधेशीलगायत पछाडि पारिएका समुदायका माग पूरा गर्नुपर्ने बताउँदै अहिलेको सरकार नश्लवादी भएको भन्दै महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफूहरुका माग पूरा गर्ने आश्वासन दिएकाले अहिले सम्म पर्खेको बताउनु भयो । उहाँले कैलाली घटना लगायत तराई मधेसका जिल्लामा प्रतिसोध साँधेर पक्राउ गरिएका नेता कार्यकर्ताको तत्काल रिहाईको माग समेत गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले संविधानमा भएको सीमाङ्कन आफूहरुलाई मान्य भएको बताउनु भयो । उहाँले टीकापुर घटनामा संलग्नताको आरोपमा पक्राउ गरिएका सांसद रेशम चौधरीलाई सपथ ग्रहण गरी संसदमा भागलिने अवस्था राज्यले बनाउनु पर्नेमा जोड दिनुभयो ।

झाले भने अहिलेको सरकारले मधेस मुद्दा र पहिचान अधिकार सहितको यो संविधानमा उल्लेख हुनुपर्छ । राजपाअध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले यो संविधानमाथिको विरोध जारी रहने बताउनु भएको छ ।

यो सरकारले मधेसको समस्या समाधान नगरेमा मधेस मा आन्दोलन सुरु हुने महतोले बताएका छन् । सरकारले मधेस आन्दोलनमा लागेका राजनीतिक नेताको मुद्दा फिर्ता नलिए आन्दोलन सुरु हुने चेतावनी दिनुभयो ।