गोली हानी विद्यालय सञ्चालकको हत्या

653
views

ईटहरी । सुनसरीको हरिनगर गाउँपालिका–२ भुताहामा गोली हानी एक विद्यालय शिक्षकको हत्या भएको छ । अपरिचित समूहले स्थानीय नेशनल वोर्डिङ स्कुलका सञ्चालक मौलाना खुसिद आलमको गोली हानी हत्या गरेका हुन् । मोटरसाईकलमा आएका दुईजनाले चलाएको गोली लागि उनको घटनास्थमलमा नै मृत्यु भएको छ ।

गोली हानी भारततर्फ भाग्ने क्रममा प्रहरीले पछि गर्दा प्रहरी माथी पनि गोली प्रहार भएको र गोली लागेर प्रहरी जवान सिवलाल पौडेल घाइते भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।