तेजाब खन्याएर ६ महिने बालकको हत्या

961
views

अछाम, असोज– ४  अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालक मुस्कान बयकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ ।

मृतककी आमा दुध चुसाएर भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी कराएको सुनी हेर्दा उनको आँखा, कान, मुख सबैतिर फोका आएकाले तत्काल स्वास्थ्यचौकी र सोही दिन जिल्ला अस्पताल मङ्गलसेन पु¥याइएको थियो । अवस्था निकै नाजुक भइसकेकोले जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेज बाँकेमा रिफर गरिएको थियो । कम उमेरको बच्चा भएकोले तेजाबको जलन र उपचारमा भएको ढिलाईका कारण बच्चाको ज्यान जोगिन नसकेको स्थानीय गाउँपालिका अधिकृत कमल उपाध्यायले जानकारी दिए ।
मृतकका बुबा महावीरले आफ्नै भाइबुहारी जानकी बिरुद्ध तेजाब खन्याई कर्तव्य ज्यान गरेको भनी जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि निजलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आरोपित महिलाले सो कसुर स्वीकार गरिसकेकी र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख जनकबहादुर शाहीले बताउनुभयो ।