धारिलो हतियार प्रहार गरी हत्या

1079
views

प्रकाश सापकोटा, नवलपुर असोज–४  नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका १ मा २५ वर्षीय रुपेश महतोको गएराति धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

मादकपदार्थ सेवन गरेका पाँच जनाले उनलाई लखेट्दै धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । उनको मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
घटनामा संलग्न भएको भन्दै प्रहरीले स्थानीय पाँच जना युवालाई गएराति नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य अभियुक्त भनिएका सुरज काउछासहित मनोज कट्टेल, सागर थापा,सन्तोष थापा र दिपेन रोका रहेका छन् ।
उनीहरुमाथि अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।