चितवनका साँसद कृष्णभक्त पोखरेल निर्विरोध निर्वाचित

1990
views

नवलपुर, असोज–४ चितवनका साँसद कृष्णभक्त पोखरेल प्रतिनिधि सभाका १० विषयगत समिति मध्यको कानुन न्याय तथा मानव अधिकार समितिको सभापतिमा पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

आज भएको उम्मेद्वारी दर्ता कार्यक्रममा पोखरेलको मात्रै मनोनयन दर्ता भएपछि उनी निर्विरोध भएका हुन् ।
समितिको नेतृत्वमा नेकपाका केही सांसद भएपनि अन्तिम समयमा पार्टीभित्र कृष्णभक्त पोखरेल सर्वसम्मत भएका हुन् । कानुनमन्त्री हुने हल्लाका बीच उनी मानव अधिकार समितिको सभापति बनेका छन् ।. कानुन पृष्ठभूमिका उनी मानव अधिकारका समेत जानकार भएकाले उक्त समितिको नेतृत्व पाएको स्रोतको दावी छ । उक्त समितिमा पूर्व सभामुख सुवास नेम्बाङ, नेकपाका प्रमुख सचेतक देव गूरुङ र राजपाका नेता लक्ष्मणलाल कर्णसहित २३ जना सदस्य छन् ।
शुक्रबार निर्वाचन मार्फत दश वटै समितका सभापतियको चयन हुने कार्यक्रम छ । प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये ८ वटा समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व रहने छ भने नेपाली काँग्रेस र संघीय समाजवादी फोरमले एक–वटा समितिको सभापति पाउने भएका छन् ।