अख्तियार प्रमुखमा घिमिरेको नाम अनुमोदन

710
views

काठमाडौं, ४ असोज । संसदिय सुनुवाई विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेको नाम अनुमोदन गरेको छ ।

बिहीबार सिंहदरवारमा बसेको बैठकले घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । गृहसचिवबाट अवकाश प्राप्त घिमिरे २०७१ चैत्र १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त भएका थिए ।

गतवर्ष फागुन २ गते प्रमूख आयुक्तको पदबाट दीप बस्नेतले अवकाश पाएपछि घिमिरेले कार्यवाहक प्रमूख आयुक्तको जिम्मेवारी संहाल्दै आएका थिए ।

२०३४ सालमा लोकसेवा आयोगको अधिकृतबाट निजामतिसेवामा प्रवेश गरेका घिमिरे ५ वर्षपहिले गृहमन्त्रालयको सचिवबाट अवकाश पाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिए पछि उनले कार्यभार सम्हाल्ने छन् ।