निर्मला पन्तका दोषी पत्तालागाई कारवाहिको माग

1021
views

नवलपुर, असोज–४ बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषी पत्तालागाई कारवाहिको माग गर्दै आज नवलपुरको कावासोतीमा नेपाल महिला संघ नवलपुरले दबावमुलक र्याली निकालेका छन । कावासोतीको सभापती चोकवाट सुरु गरिएको र्याली नगरका विभिन्न क्षेत्र परिक्रमा गरि जिल्ला प्रसासन कार्यलय मा पुगी कोण सभामा परिरणत भएको थियो ।

र्यालीमा सहभागीहरुले निमर्लालाई न्याए देऊ, कानुनी राज्यको स्थापना गर,निर्मला हत्या प्रकरण समस्त पुरुष मासिथ प्रश्न चिन्ह हो लगाएतका नारा सहितका प्लेकार्ड बोकेका थिए । र्याली पश्चात महिला संघका सचिव सरस्वती तिमल्सेनाको नेत्रित्वमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।
निर्मला पन्तको हत्याले यस देशको शिर झुकेको भन्दै नारी अस्मितामाथि लगातार प्रश्न उठेको र राज्य निकम्मा र निरीह हुँदै गएको महिला संघको आरोप छ । नारी हुनुको गौरव कुल्चेर यो राज्य मूकदर्शक भएर बसेको महसुस भएको र नारी हुनुमा पनि हीनताबोध गर्नुपर्ने स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रस्थापना भएको देशमा उही पञ्चायत कालीन नमिता सुनिता काण्ड दोहोरिएको महसुस भएको भन्दै त्यतिखेर पञ्चायतका मतियार र राजाकै वंशमाथि प्रश्न उठेको थियो तर आज न्यायको जिम्मा लिएको प्रहरी प्रशासन र जनप्रतिनिधि नै शँकाको धेरामा छन् । यसले लोकतन्त्र र सामाजिक न्याय प्रति प्रश्न गर्न पाउने कि नपाउने , महिनौँ बित्दा र निर्मलाका अविभावक आँफै रुँदै हिँड्नु परेको अवस्थाले संसार सामु देशको प्रतिष्ठा कहाँ छ ?भन्दै जनताले बाँच्न पाउने अधिकार संरक्षण गरी संसारसामु लाज छोप्ने दायित्वबाट पनि सरकार पन्छिन नमिल्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । न्याय माग्न सडकमै उभिनु पर्ने र एउटाको न्याय माग्दा अर्कोले ज्यानकै बलिदानी दिनुपर्ने यो निरीहताबाट देशलाई मुक्त गरियोस् र पीडितले न्याय पाओस् । भन्दै लोकतन्त्रकै मूल्य मान्यता र जग भत्किने हदसम्मको लाचारीबाट सरकार मुक्त होस, र निर्मला पन्त हत्या प्रकरणको न्यायिक छानबीन सहित सत्यतथ्य सार्वजनिक गरि अपराधीहरुलाई कडा कानूनी सजायको दायरामा ल्याई शान्ति सुरक्षाको प्रत्याभुति गरिनुपर्ने विज्ञप्तिमार्फत जनाईएको छ । ज्ञापन पत्र वुझ्दै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले महिला संघले वुझाएको विज्ञप्तिलाई आजै प्रधानमन्त्रि समक्ष पठाउने वताउनुभयो ।