शेयरबजारमा समान्य गिरावट

1002
views

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा समान्य गिरावट आएको छ। नेप्से परिसूचक ३.७४ अंकले घटेर १२सय५५.०७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

साताको कारोबारको अन्तिम दिन कुल कारोबार रकममा पनि गिरावट आएको छ । १६७ कम्पनीका २० लाख १५ हजार ८२९ कित्ता शेयर किनबेच हुँदा ५५ करोड ५० लाख ६१ हजार ५०२ रुपैयाँको कारोबार भएको छ ।

आज तीन समूहको सूचकमात्र सकारात्मक छन्। ७ समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक १०७.४८ अंकले घटेको छ भने जीवन बिमा समूह ७९.८१ अंकले घटेको छ । होटल समूह २०.५७ अंकले बढेको छ ।

आजको कारोबारमा प्रतिकित्ता आम्दानीमा युनिलिभरको १३६ रुपैयाँ रहेको छ भने गुमाउनेमा राष्ट्रिय बिमा कम्पनीको सस्थापक शेयर २९९ सय र सर्वसाधारण शेयर १५५ रुपैयाँले घटेको छ ।