एएफसी यु–१६ महिला फुटबलः आज नेपाल र म्यानमार भिड्दै

632
views

काठमाडौं, ५ असोज । एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनौटको दोस्रो खेलमा आज नेपालले म्यानमारको खेल रहेको छ । काठमाडौंमा जारी समूह ‘ई’ को अर्को खेलमा आजै फिलिपिन्स र मलेसिया भिड्नेछन् ।

समूहको पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले नेपाल पराजित भएको थियो । छनौट समूहको अन्तिम खेलमा नेपालले आईतबार मलेसियासँग खेल्दा सोही दिन फिलिपिन्स र म्यानमार भिड्नेछन् ।

समूह ‘इ’ को छनोटमा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स छन् । हरेक समूहका शीर्ष दुई टोली अर्को वर्ष थाइल्यान्डमा आयोजना हुने एएफसी यु–१६ फुटबल प्रतियोगिताका लागि छनौट हुनेछन् ।
प्रतियोगिताको फाईनल चरणका लागि उत्तर कोरिया, दक्षिण कोरिया र जापानले स्थान बनाइसकेका छन् ।