नेकपाको सचिवालय बैठक जारी

555
views

काठमाडौं, ५, असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बसिरहेको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक जारी छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको चीन र भारत भ्रमणको समीक्षा हुने सचिवालयले जनाएको छ । बैठकमा भ्रमणबारे अध्यक्ष दाहालले जानकारी गराउनु हुने भएको छ । त्यस्तै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भोलीबाट हुने अमेरिका भ्रमणबारे सचिवालय बैठकलाई जानकारी गराउने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

न्युर्योकमा हुने राष्ट्रसंघको बैठकमा नेपालका तर्फबाट उठाउने बिषय तथा मित्रराष्ट्रका प्रमुख तथा प्रतिनिधिसंग हुने भेटमा राख्ने बिषयबारे ओलीले पार्टी सचिवालयलाई जानकारी गराउनुहुनेछ ।