अमेरिकाको हार्डफोर्ड गोलीकाण्डमा एक नेपालीको मृत्यु, एकजना घाईते

1044
views

काठमाडौं, ६ असोज । अमेरिकाको मेरिल्यान्डस्थित हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

गत बिहीबार भएको घटनामा ४१ वर्षीया वृन्दा गिरीको मृत्यु भएको थियो भने अर्का नेपाली पूर्ण आचार्य घाइते भएका हुन् । घटनामा गिरीसहित अन्य तीनजनाको ज्यान जानुका साथै तीनजना घाइते भएका छन् ।

स्नोचीया मोसेली नामकी २६ वर्षीय महिलाले अन्धाधुन्ध गोली प्रहार गरी आफूमाथि पनि गोली चलाएको समाचारमा उल्लेख छ । हतियारधारी महिलाको पनि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सीएनएनले लेखेको छ ।

बाल्टिमोरकै शिक्षक ह्यारी भण्डारीलाई उद्धृत गर्दै गिरी १६ वर्षीय छोरी र ११ वर्षीय छोरासहित गत मे महिनामा अमेरिका गएको समाचारमा उल्लेख छ ।