सरकारले लोकतान्त्रिक चरित्र छाड्न हुँदैन– प्रवक्ता शर्मा

1342
views

नेपालगञ्ज, ६, असोज । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्दति र चरित्र छाड्न नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘संविधानको प्रयोगमा शासकले लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सकेनन् भने त्यो सफल हुदैन, यो कुरा अहिलेको सरकारले बुझ्नुपर्छ ।’

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले, ‘आफ्नो दलले सालिन प्रतिपक्षीको भूमिका निभाउँदै आएको छ, बन्द, नाराबाजी, जिन्दावाद, मुर्दावाद गरेरै प्रतिपक्षीको भूमिका निर्वाह गरेको ठहरिने मान्यता राखिन नहुने बताए ।’

प्रवक्ता शर्माको थप भनाइ थियो,“काँग्रेस अहिले आफ्नो साङ्गठनिक संरचना विस्तारमा सक्रिय रहेको छ । मुलुकभरिकै कार्यकर्ताको सुझावका आधारमा पार्टीको वैधानिक ढाँचा चाँडै निर्माण हुन्छ ।”