अबैध पशु बधशाला हटाउन स्थानीयको माग, दुर्गन्ध फैलिएपछि स्थानीय आक्रोषित

1004
views

महेन्द्र जिसी
पर्वत, ७ असोज । पर्वतका मासु व्यावसायिहरुले जथाभावी पशु वध गरेपछि फैलिएको दुर्गन्धप्रति स्थानीयले आक्रोष व्यक्त गरेका छन् । मासु जाँच ऐन २०५५ अनुसार पशुु बध गर्दा मापदण्ड पुगेका बधशाला वा बध स्थलमा पशुहरुको स्वाथ्य जाँच गरेर मासुका लागि पशु बध गरिनुपर्ने भएपनि सदरमुकामका व्यावसायिले पशु बध गराउँदा दुर्गन्ध बढेको छ ।

एउटै वडामा तीन/तीन स्थानमा पशु बध गराउँदा फोहोर व्यवस्थापन हुन नसहकेको स्थानीयले बताएका छन् । स्थानीयले धार्मिक स्थल र विद्यालय आसपासमा विना अनुमती मापदण्ड बाहरी रहेर बधशाला निर्माण गर्दा दुर्गन्ध फैलाएको भन्दै आक्रोष व्यक्त गेका हुन् ।

कुश्मानगरपालिका वडा नं–४ मा रहको आदर्श आवाशिय मावि नजिकै बधशाला निर्माण गरीएको भन्दै आदर्श आवासिय माविले पनि विरोध गरेको छ । बालबालिकाहरुले देख्ने गरी पशु बध गर्दा बालबालिकाहरुमा असर पुगेको विद्यालयले जनाएको छ ।

जथाभावि पशु वध गर्दा विद्यालय आसपासमा फोहोरको दुर्गन्ध फैलिएपछि स्थानीय सरकारलाई नियन्त्रणका लागि निवेदन दिएको विद्यालयका प्रिन्सिपल हिम बहादुर पौडेलले जानकारी दिए ।

नारायण स्थान मन्दिर नजिकै पनि बधशाला निर्माण गरिएकोले त्यसतर्फपनि दुर्गन्ध फेलिएको छ । मन्दिरमा आउने दर्शनार्थी र पुजारीमा समेत दुर्गन्धको असर पुगेको नारनस्थान मन्दिरले जनाएको छ ।

पशु बध अव्यवस्थित भएपछि चौतर्फी दुर्गनध फैलिएको र उजुरी आउन थालेपछि नियन्त्रणको लागि स्थानीय प्रशासन र प्रहरीसँग सहकार्य गरेर अनुमती नपाएका बधशाला नियमन गरिने वडा नं ४ को कार्यालयले जनाएको छ ।

वडा सचिव जगत जोशीले कुनैपनि संरचना निर्माण गर्दा वडाको अनुमती लिनु पर्ने भन्दै अनुमती नै नलिई अवैध ढंगले निर्माण गरिएका बधशालाको नियमन गरिने जनाए ।

नगर पालिकाले भने वडामा निर्माण गरीएका बधाशाला मध्ये एउटाले मात्र आनुमती पाएको अन्यले आँफुखुशी विना मापदण्ड निर्माण गरेका कारण नियमनको खाँचो रहेको बताएको छ ।

नगर पशु विकास अधिकृत विश्वनाथ गौतमले मन्दिर र विद्यालय आसपासमा निर्माण हुन लागेका बधशालाहरु विना मापण्ड र विना अनुमतीमा निर्माण गरिएका बताए ।