निजगढ विमानस्थलबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव

749
views

काठमाडौ,११, असोज । निजगढ अन्तराष्ट्रिय विमानस्थलबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । कांग्रेस संसदहरु गगन थापा, प्रदीप गिरी र दिव्यमणिराज भण्डारीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा निजगढ विमास्थल द्रूत गतिमा बनाउने सरकारको मनसायको प्रशंसा गर्दै ११ वटा प्रश्न समेत उठाइएको छ ।

‘सरकारको यो मनसायलाई एक स्वरमा साथ दिनु आज हामी सबैको कर्तव्य हो,’ प्रस्तावमा भनिएको छ, ‘तर यो आयोजना पश्चिम सेती र बूढीगण्डकी नहोस् भन्नेमा सरकारको सोच के छ, संसदमा विस्तृत छलफल हुन जरुरी छ ।’

पूर्वतयारी र आधारभूत कार्य नगरी काम सुरु गर्दा पश्चिम सेती र बूढीगण्डकी आयोजना अन्योलमा परेको भन्दै निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको त्यस्तो नियति नहोस् भन्नका लागि संसदमा छलफल गर्न माग गरिएको प्रस्तावमा उल्लेख छ ।