चाडपर्व आयो

1003
views

मुक्तक

चाडपर्व आयो भन्छ्न, हाम्लाइ भने आको छैन ।
बर्खा मास चुहिने छानो, अझै पनि छाको छैन ।।
कति खुसी भाका होलान, हाम्लाइ भनी दसा आछ ।
मुखियासंग लिएको ऋण अझै चुक्ता भाको छैन ।।

हाम्रा लागी यि चाडपर्व, नआए नि हुन्न र बुवा ?
पुरानै छन, नयाँ लुगा नलाएनी हुन्न र बुवा..?
ऋण नै ऋणले सताएर दसा जस्तै लागेको छ ।
यसपाली दसैमा मासु नखाएनी हुन्न र बुवा..?

–रामचन्द्र घिमिरे