एकै परिवारका तीनको मृत्यु

531
views

दाङ । घरनजिकै माटो खन्न गएका दाङको राप्ती गाउँपालिका ४ का एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन् । माटो खन्नेक्रममा शनिबार दिउसो माटोको ढिस्कोले पुरिएर ३५ वर्षीय लीना चौधरी, ३० वर्षीया श्यामकुमारी चौधरी र १२ वर्षकी रेजिना चौधरीको मृत्यु भएको हो ।

माटो खन्दै गर्दा माथिबाट आएको ढिस्कोले पुरिएर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । मृतकहरूलाई पोस्ट मार्टमका लागि दाङको लमही अस्पताल लगिएको छ ।