सबिता शर्मा
पोखरा, १३ असोज । विगत १३ बर्षदेखी निरन्तर बाबु-आमा नभएका बालबालिकाको स्याहार सुसार गर्दै आएको पोखरा महानगरपालिका वडा नं १६ मा रहेको अन्नपूर्ण आत्मनिरभर बाल आश्रमले १३ औं साधरण सभा सम्पन्न गरेको छ ।
साधारण सभामा बोल्दै गण्डकी प्रदेश नं ४ का सांसद कुष्ण थापाले बाल आश्रमले आपत र विपतमा परेका बालबालिकाहरुको क्षेत्रमा स्रहानिय काम गरेको बताए ।
अन्नपुर्णबाल आश्रमका अध्यक्ष सारदा बस्नेतको अध्यक्षतामा भएको साधारण सभामा कृषिविज्ञ बेनि बहादुर बस्नेत, वडा प्रतिनिधि मेहरमान थापा, बिष्णु नेपाली, हिमालयन क्लबका अध्यक्ष मोहन थापा, पोखरा मन्टेश्वरीका संयोजक मिलन केसी, आमा समुहकी प्रतिनीधि सिर्जना गायक लगायतले राज्यले यस्ता आश्रमहरुलाई सहयोग गर्नुपर्नेमा सुझाए ।
कार्यक्रममा पोखरा स्थित विभिन्न आमा समुहहरुका प्रमुख एवं प्रतिनीधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन समाजसेवी भिम पौडेलले गरेका थिए भने स्वागत उपाध्यक्ष शान्ता थापाले गरेकी थिईन् ।
३५ जना बालबालिका रहेको उक्त आश्रम १३ बर्षदेखी सञ्चालनमा आएको छ । सो अवसरमा संस्थालाई सहयोग गर्ने ६ जनालाई सम्मान गरिएको थियो । साथै संस्था मार्फत उच्च शिक्षा हासिल गरेका चारजना बालबालिकालाई सम्मान गरिएको थियो ।











