३० हजार घुस सहित प्रहरी हवल्दार पक्राउ

852
views

मलंगवा असोज–१६ भारतबाट समान ल्याउने व्यापारीसँग घुस लिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मगंलवार पक्राउ गरेको छ ।

आयोगको बर्दिबासस्थित टोलीले प्रहरी हवल्दार नुरुल होदा अन्सारीलाई ३० हजाार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
भारतबाट नुन, तेल, चिनी र कपडा लगायतका समान नेपाल भित्र्याउन सहज वतावरण बनाइदिने भन्दै हवल्दार अन्सारीले व्यापारीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेको अख्तियारको टोलीले जनाएका छन् । पक्राउ परेका अन्सारीलाई थप अनुसन्धानका लागि आयोगको इकाइ कार्यालय बर्दिबास लगिएको छ ।