बंगबन्धु गोल्डकप : नेपाल ताजिकिस्तानसँग पराजित

606
views

काठमाडौँ, असोज– १६ बंगबन्धु गोल्डकपको डिफेन्डिङ च्याम्पियन नेपालले पहिलो खेलमा ताजकिस्तानसँग १-० ले पराजित भएको छ । खेलको पहिलो हाफमा पाएको पेनाल्टीमार्फत ताजकिस्तानले गोल गरेपछि नेपाल पराजित भएको हो ।

मंगलबार बंगलादेशको सिल्हेट सहरमा भएको खेलमा नेपालले खराब प्रदर्शन गरेको थियो । फिफा वरियता ४० स्थान माथि भएको ताजकिस्तानले पहिलो खेलमा ३ अंक जोडेको छ ।
नेपालले शनिबार प्यालेस्टाइनविरुद्ध दोस्रो खेल खेल्दैछ । फिफा वरीयतामा सयौं स्थानमा रहेको प्यालेस्टाइनलाई प्रतियोगिताकै बलियो टिम मानिएको छ ।