बादल रोक्छन्, रघुवीर र प्रधानमन्त्री अनुमति दिन्छन्

898
views

बनेपा, असोज–१६ सार्वजनिक यातायातबाट खारेज गरिएको सिन्डिकेट सरकार आफैँले ब्यूँत्याएको आरोप व्यवसायीहरुले लगाएका छन् । काठमाडौँ उपत्यकामा दिउँसो टिप्पर चल्न नदिने गृह मन्त्रालयको निर्णय प्रधानमन्त्रीको निजी सचिवालयले उलंघन गरेको छ । गृहको निर्णय मिच्दै प्रधानमन्त्रीको निजी सचिवालयले केही कम्पनीका मात्रै टिप्परलाई चल्ने गरी पत्र नै दिएको छ ।

 

 


बालुवाटारस्थित सरकारी निवास सिंगार्ने बहानामा प्रधानमन्त्रीको कार्यालयले केही कम्पनीका टिप्परलाई काठमाडौँका सडकमा गुड्ने अनुमति दिएको हो ।
प्रधानमन्त्रीको कार्यालयको यो निर्णयलाई लिएर अन्य व्यवसायीले भने आक्रोश पोखेका छन् । प्रधानमन्त्रीको कार्यालयका कर्मचारीले आफ्ना आसेपासे र पहुँचवालाका टिप्परलाई काठमाडौँ उपत्यकामा गुड्न दिएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् ।
गृहमन्त्रालयको निर्देशन अनुसार तीनै जिल्ला प्रशासन कार्यालयले उपत्यकामा साउन १ गतेदेखि विहान ५ बजेबाट बेलुकी आठ बजेसम्म टिप्पर आवागमनमा रोक लगाएका थिए । तर पहुँचवालाहरुले विभिन्न बाहानामा प्रधानमन्त्रीको कार्यालयबाट पत्र नै लेखाएर दिउँसो पनि टिप्पर चलाइरहेका छन् ।
‘सरकार आफैँ दिउँसो टिप्पर चल्न राोक्ने अनि अनि आफैँ केहीलाई मात्र अनुमति दिने ? यो सिन्डिकेट होइन र ?,’ बाग्मती टिप्पर व्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवर भन्छन् ‘उपत्यकामा सरकारी कार्यालयलाई मात्र सामान ढुवानी नहुँदा समस्या परेको हो र सर्वसाधारणलाई चाहिँ छैन ।’
गृह मन्त्रालयले टिप्परका कारण दुर्घटना बढेको भन्दै दिउँसोको समय रोक लगाएको अवस्थामा प्रधानमनत्रीको निजी सचिवालयबाट असोज १० गते चलानी नम्वर १८७६ को पत्रमार्फत चारवटा टिप्परलाई १७ गतेसम चल्न सम्बन्धित प्रहरी र प्रशासनलाई पत्रचार गरेको छ ।
भौतिक पनि उल्ट्याउँदै
त्यसैगरी भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको असोज ९ गते गरेको चलानी नम्वर ४९ र ५१ को पत्रमा मंसिर मसान्तसम्म २४ सै घण्टा चलनाउन एक सय भन्दा बढी टिप्परलाई पत्र दिएको छ ।
यातायात मन्त्रालयले एक सय ५० टिप्परलाई २४ सै घण्टा चल्न स्विकृत दिएको हो । यातायता मन्त्रालयले यातायात केही महिना अघि मात्र चलानी नम्वर २२ को पत्रमा माहानिर्देशक रविन्द्रनाथ श्रेष्ठको हस्ताक्षरमा १ सय ५० टिप्परलाई २४ सै घण्टा चल्न स्किृत दिएको थियो ।
तर अन्य व्यवसायी र चालक भने सरकारले भेदभाव गरेको भन्दै आक्रोशित भएका छन् । चालकहरु आफैँ मन्त्रालयको पत्र बोकेर प्रहरीकहाँ पुगी आफूहरुलाई सरकारले स्वीकृति दिएको भन्दै आएका छन् । उक्त पत्रमा भएको टिप्पर नम्बरका आधारमा छोड्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख निशेष चापागाईँले बताए ।
गृह मन्त्रालयले साउन १ गतेदेखि राति ८ बजे देखि विहान ५ बजेसम्म उपत्यकामा टिप्पर चल्ल नपाउने नियम जारी गरेसँगै त्यसको समस्या बाहिरी जिल्लामा पर्दै आएको छ । सिन्धुली, रामेछाप र काभ्रेबाट निर्माण सामाग्री बोकेका हजारौँ टिप्पर पनौती, पाँचखाल हिवापाटी, खोपासी भकुण्डे बनेपा लगायतका स्थानमा ट्रिपर रोकिसँगै स्थानीलाई समस्या पर्दै आएको छ ।
काभ्रेबाट दैनिक १ हजार ४ सय टिप्पर राजधानी भित्रिने गरेका छन् । जुन उपत्यकामा दिनको समय रोकिँदा काभ्रेका मुख्य शहर बनेपा पनौती, पाचँखाल, भकुण्डे लगायतमा समस्या हुने गरेको छ ।
केही समयअघि सडक अस्तव्यस्त भएकै कारण प्रहरीले टाइम कार्ड लागू गरेको थियो । राजमार्ग आसपासका स्थानीयले भने राति टिप्परले सुत्न नै नपाइने र प्रेसर हर्नले तनाव दिएको गुनासो गरेका छन् । अन्नपुर्ण पोष्ट