पाँच किलो सुनसहित सोबहादुर तामाङ पक्राउ

736
views

काठमाडौं असोज–१७ काठमाडौं प्रहरीले पाँच किलो सुन सहित तिनपिप्लेबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले बुधबार बिहान रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याउन लागेको सुन सहित १८ वर्षीय सोबहादुर तामाङलाई पक्राउ गरेको हो।

बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सुनसहित १८ वर्षीय सोबहादुर तामाङलार्इ पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। सुन कसको हो र कहाँ लान लागेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले अहिले ११ बजे पत्रकार सम्मेलन आयोजना गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ।