शिव नमुना विधालयमा वक्तृत्वकला सम्पन्न

1458
views

शोभा जिसी,नवलपुर, १७ असोज यशोधा फुट्स प्रालिको आयोजनामा पुर्वी नवलपरासिको कावासोती २ स्थित शिव नमुना विधालयमा वक्तृत्वकला सम्पन्न गरीएको छ । वेरोजगारी समस्या र समाधानका लागि चाउचाउ उधोगको भुमिका शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा शिव नमुना विधालयका कक्षा ७, ८,९ का १९ जना छात्र छात्राको सहभागिता रहेको थियो ।

कार्यक्रममा वोल्दै विधार्थीहरुले वैदेशिक रोजगारीमा जाने युवाहरुले स्वदेशमा नै गुणस्तरिय चाउचाउ उधोग खोल्न सक्ने हो भने देशको विकासमा टेवा पुग्ने वताएका थिए। स्वास्थ्यमा हानी नपुयाउने खालको चाउचाउ उधोग खोल्ने हो भने धेरै वेरोजगार युवाहरुले रोजगार पाउने हुनाले यस तर्फ ध्यान दिनु पर्नै कुरामा जोड दिएका थिए। कार्यक्रममा प्रथम हुने इश्वर रेग्मीले ले नगद रु पन्ध्र सय, एक कार्टुन लाली चाउचाउ, टिर्सट र कलम पाएका छन । त्यसै गर दोस्रो हुने अनिशा कुवर क्षेत्रीले नगद रु एक हजार एक कार्टुन लाली चाउचाउ, टिर्सट र कलम ,तृतिय हुने आकाश पोख्रेलले रु पाच सय एक कार्टुन लाली चाउचाउ, टिर्सट र कलम, विनम्र लम्साल चौथो हुन सफल भएको भने विभिन्न आर्कषक पुरस्कारहरु प्राप्त गर्न गरेका छन् । यसैगरी सान्त्व्ना हुने १६ जना छात्र छात्राले रु तिन सय एक कार्टुन लाली चाउचाउ, टिर्सट र कलम प्राप्त गरेका छन । कार्यक्रममा शिव नमुना विधालयका प्रधानाध्यापक चुडामणि शर्मा कंडेलको अध्यक्षँता तथा शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेलको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा यशोधा फुट्स प्रालिका जनसम्पर्क अधिकृत सरस्वति वस्याल र यशोधा फुट्स प्रालिका यरिया इन्चार्ज निरन्जन पोख्रेल लगाएत शिक्षकहरुको उपस्थिति रहेको थियो ।