लागू औषध सहित एक जना पक्राउ

1306
views

शोभा जिसी,नवलपुर, १७ असोज जिल्ला प्रहरी कार्यालय नवलपुर प्रहरीले लागू औषध सहित १ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका १० अरुणखोलामा सवारी चेकजाँच गर्ने क्रममा लु २ ख ११२४ नम्बरको बसमा आउंदै गरेको पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ९ भुताहा बस्ने २६ बर्षका डेविट गुरुंगलाई लागू औषध सहित पक्राउ गरिएको हो ।

उनको साथबाट डाइजापाम ७४ एम्पुल, फेनारगन ७४ एम्पुल र टालजेसिक ७४ एम्पुल बरामद गरिएको हो ।