महिला तथा बालबालिका हिंसाविरुद्ध शान्तिपुर्ण विरोध

787
views

अजय पौडेल,नवलपुर, असोज २१ चितवनमा महिला तथा बालबालिका हिंसाविरुद्ध शान्तिपुर्ण विरोध कार्यक्रम सम्पन्न भएको छ । ‘हाम्रो आव्हान महिला तथा बालिकाको सुरक्षा तथा सम्मान” भन्ने मुल नाराका साथ हेल्प फर हेप्पिनेस र से क्लबको आयोजनामा भएको साझा कार्यक्रममा ‘बेटर चितवन’ ,एनपीआई नर्सिङ क्याम्पस लगायात बिभिन्न संघ संस्थाहरुको उपस्थिती रहेको थियो ।

भरतपुर चौबिसकोठीमा भएको कार्यक्रममा मन्जु श्री असाह्य केन्द्रकी अध्यक्ष मन्जु खाँड, सेभ दि माइण्ड नेपालकी पूजा भुषाल र नेपाल मैत्री समाज अध्यक्ष बिरेन्द्र पौडेल अतिथीको रुपमा रहनु भएको थियो । कार्यक्रममा बोल्दै अतिथीहरुले देशमा पछील्लो समय बालिका तथा महिला हिंसाको घट्नाहरु बढ्दै गएको भन्दै यस्ता घट्ना यथाशिघ्र रोकिनु पर्ने बताएका छन् ।
देशमा दैनिक जसो बलात्कारको घट्ना भईरहेको भन्दै बलात्कारीलाई कडा भन्दा कडा कारबाही गर्दै यस्ता घट्ना हुन नदिने तर्फ राज्यले ध्यान दिनु पर्ने बक्ताहरुको तर्क रहेको थियो । कार्यक्रममा ब्लु डाइमण्ड सोसाईटीकी पूजा श्रेष्ठले दिनानुदिन यसरी बलात्कारको घट्ना बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरिन् । यस्तै श्रेष्ठले समाजमा तेस्रो लिङगीलाई फरक नजरले हेरिने भन्दै आफुहरुले पनि सामाज स्वतन्त्र भई बाँच्न पाउनु पर्ने बताईन ।
कार्यक्रममा रामपुर युथ क्लबकी स्मृजति सापकोटाले सन्देशमुलक एकल नाटक प्रस्तुत गरेकी थिईन् । यस्तै इन्स्टिच्युट अफ मेडिकल टेक्नोलोजीका विद्यार्थीहरुले पनि सन्देशमुलक नाटक एवं कबिता बाचन गरेका थिए ।
५ सय भन्दा बढीको सहभागीता रहेको कार्यक्रममा उपस्थित युवाहरुले ‘नारी मोज मस्तीका लागि होइनन्, उनिहरुलाई इज्जत गर्न सिकौ’ ‘म केटी हुँ, के म सुरक्षित छु?’ ‘आई एम अ गर्ल, विल आई एभर सेफ ?’ जस्ता प्ले कार्ड बोकेका थिए ।