जुवा खेलिरहेको अबस्थामा चार पक्राउ

934
views

पर्वत, २२ असोज । जिल्ला प्रहरी कार्यालय पर्वतले प्रहरीले विशेष सूचनाको आधारमा जुवाको खालबाट चार जनालाई पक्रउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले कुश्मा नगरपालिका–५ कुमाल टोल स्थिल गुप्त वहादुर पुनको घरमा छापा मार्दा ४ जना पक्राउ परेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा कुनपा–५ का ५६ बर्षीय गुप्त वहादुर पुन, मोदी गाउँपालिका–४ का ३८ बर्षिय वुद्धि वहादुर पुन, फलेवास नगरपालिका–५ खानिगाऊँ वस्ने ३० बर्षिय दिनेश सुनार, जलजला गाउँपालिका–९ बस्ने सन्दिप पुन रहेका छन ।

जुवा खालबाट प्रहरीले नगद रु. सातहजार ९ सय २५ रुपैयाँ र ४ बुक तास बरामद गरेको जनाएको छ । उनीहरुको जिल्ला प्रशासन कार्यालय पर्वतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको छ ।