विदेश भ्रमणको रिपोर्टिङमै सकियो नेकपा सचिवालयको बैठक

552
views

काठमाडौ, २२, असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बैठकमा नेताहरुले विदेश भ्रमणको रिपोर्टिङ गरेका थिए । पार्टी विवादबारे छलफल गर्ने अनुमान गरिएको बैठक रिर्पोटिङमै सकिएको थियो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अमेरिका तथा कोस्टारिका र पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका विषयमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको अहिलेको परिवर्तन र शान्ति प्रक्रियाको बारेमा विश्वलाई जानकारी गराएको, दुई पक्षीय सम्बन्ध बिस्तारको लागि उच्च स्तरिय भेटघाट भएको र सफल भएकोबारे जानकारी गराइएको थियो ।

२४ गतेको बैठकले स्थायी समितिको बैठक र कार्यसूची निर्धारण गर्ने निर्णय पनि सोमबारको बैठकले गरेको छ ।