करेण्ट लागेर ट्रक चालकको मृत्यु

526
views

नुवाकोट, २२ असोज । नुवाकोट बेलकोटगढी नगरपालिका–७ त्रिशुली (गल्छि) सडकखण्ड स्थित खाल्टेमा करेण्ट लागेर एक चालकको मृत्यु भएको छ ।

बिजुलीको तारले छुन लागेको ट्रकमाथि छतमा गई पन्छ्याउँन खोज्दा करेण्ट लागेर लिखुगाउँपालिका–१ बस्ने भरत ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ । ना ३ ख ४७६८ नं. को ट्रक चालक ढुङ्गानाको मृत्यु भएको हो ।