कांग्रेस बैठक फेरि अनिश्चित !

479
views

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फेरि अनिश्चित बनेको छ । बिहीबारका लागि बोलाइएको बैठक बुधबार विज्ञप्ति सार्वजनिक गर्दै अनिश्चितकालका लागि स्थगित गरिएको जनाइएको छ ।

यसअघि गत शुक्रबार बस्ने भनिएको कांग्रेस बैठक सोमबारका लागि सरेको थियो। यद्यपी नेताबीचको कुराकानीपछि बैठक आइतबार नै भएको थियो। आइतबारको बैठकमा नेताबीच विवाद हुँदा बिहीबारका लागि बोलाइएको थियो ।

यसअघि भदौ २८ गते बस्ने भनिएको बैठक पनि नेताबीचको विवादले बिना सूचना अनिश्चितकालका लागि स्थगित भएको थियो । कांग्रेस मुख्य सचिव कृष्णपसाद पौडेलले बुधबार अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।