प्रहरी संगठनले छवि गुमायो

761
views

महेन्द्र जिसी
पर्वत, २५, असोज । ६३ औं प्रहरी दिवस मनाईरहँदा द्वन्द्धकालमा ज्यान गुमाएका अमर प्रहरी संघका सदस्यहरुले प्रहरी संगठनले छवि गुमाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल प्रहरी पर्वतको आयोजनामा भएको ६३ औ प्रहरी दिवसमा सहभगिहरुले यस्तो गुनासो गरेका हुन । आफ्नो परिवारको सदस्यले विरत्व प्राप्त गरेको संगठनले दिनानुदिन छवि गुमाउदै जानुले आँफुहरुलाई भाव विवहल बनाएको उनीहरुले बताएका छन् ।

द्वन्द्वकालमा देशका लागि ज्यानको वलिदानी दिने अमर प्रहरीहरुको आत्माको शान्तिका लागि पनि प्राप्त उपलब्धीहरुलाई कार्यान्वय गराउन शहीद परिवारहरुले माग गरेका छन् । संघका अध्यक्ष मेनका लामगादेले वीरगती प्राप्त गरेका प्रहरीहरुलाई पनि शहीद घोषणा गरेर उनीहरुका सन्ततीहरुलाई राज्यले शिक्षा दिक्षाको प्रबन्ध गराउनु पर्ने बताईन् ।

अमर प्रहरीलाई फुलमाला चढाउने तर सदस्य गुमाएका परिवरका गुनासाहरु नसुन्ने राज्यको व्यवस्थाप्रति गुनासो व्यक्त गरिन् । कार्यक्रममा शहादत प्राप्त गरेका प्रहरीका सदस्य तथा श्रीमतीहरुले मन्तव्य व्यक्त गरेका थिए । कर्यक्रममा जिल्लामा कार्यरत उत्कृष्ठ प्रहरीहरुलाई सम्मान गरीएको थियो ।

जलजला गाउँपालिका लेखफाँट प्रहरी चौकी निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गा दाता डण्डपानी शर्मालाई सम्मानपत्रले सम्मान गरीएको थियो। प्रहरी नायव निरीक्षक भुवनेश्वर तिवारीले प्रहरी महानिरिक्षकको शुभकामना सन्देश सुनाएर कार्यक्रमको प्रकाश पारेका थिए ।