उत्कृष्ट कर्णाली बनाउन जुटौं–इन्चार्ज शर्मा

635
views

सुर्खेत, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताए । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकसँगै विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताएका हुन् ।

“हाम्रो कर्णाली हामी आफैँ बनाउँछौँ”, शर्माले भने “यसका लागि यहाँस्थित सबैले योगदान पु¥याउनु पर्दछ ।” उहाँले कर्णाली प्रदेश सरकारसँगको बैठकमा सरकारको आवश्यकतामा मद्दत गर्ने, प्रदेशको सरकारको संरचना निर्माणमा सहयोग पु¥याउने, कर्णाली विकासको ५–१५–५० वर्षीय रणनीति तथा व्यवस्थित योजना निर्माण गर्ने निर्णय भएको बताए ।

“कर्णाली प्रदेशमा हाल पूर्वाधारका साथै जनशक्ति अभाव छ । कर्मचारीको पुनःसंरचना हुनसकेको छैन”, उनले भने “सङ्घर्ष र छलफलका बीचबाट रुपान्तरणको अभियान थाल्छौँ ।” कर्णालीमा ३३ प्रतिशत मात्र कर्मचारी आएको बताउँदै अब प्रदेश सरकारले आफैले कर्मचारी भर्ना गर्ने उनको भनाई थियो ।