गलकोट नगरपालिकाका जेष्ठ नागरिकलाई चाडपर्व खर्च

960
views

बागलुङ । बागलुङको गलकोट नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिकहरुलाई चाडर्पव खर्च स्वरुप वार्षिक तीनहजार रुपैयाँ दिने निर्णय गरेको छ । यस्तो निर्णयपछि नगरवासी जेष्ठ नागरिकहरु हर्षित बनेका छन् ।

आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रम मार्फत नै जेष्ठ नागरिकहरुको सम्मान स्वरुप चाडपर्व खर्च दिने कार्यक्रम ल्याएको छ । सो खर्च ८५ बर्ष पुगेका जेष्ठ नागरिकले पाउने नगरपालिकाको कार्यालय जनाएको छ ।

‘नगर भित्रका जेष्ठ नागरिक मध्ये ८५ वर्ष पुगेका आमा बुबाका लागि सो कार्यक्रम ल्याएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए । समाजमा कयौं जेष्ठ नागरिकहरु छन्, पारिवारीक अपहेलनामा परी चाडपर्वको अवसरमा निकै ठुलो समस्या परेकाहरुको लागि पनि यस कार्यक्रमले लाभान्वित हुने देखिएकोले नगरपालिकाको कार्यक्रम ल्याइएको गैरेले बताए ।

उक्त कार्यक्रमबाट नगर क्षेत्रका करिब २ सय जेष्ठ नागरिक प्रभावित हुने लक्ष्य रहेको नगरकार्यालयले जनाएको छ । नगरभित्रका वडा वडामा सर्वेक्षणको काम भैरहेको छ ।