जर्मनीलाई पराजित गर्दै नेदरल्यान्ड्स दोस्रो स्थानमा

665
views

काठमाडौं । युएफा नेसन्स लिग फुटबलमा गएराति नेदरल्यान्ड्सले जर्मनीलाई पराजित गरेको छ । नेसन्स लिगअन्तर्गत लिग ए को समुह १ को खेलमा घरेलु टोली नेदरल्यान्ड्स ३–० ले विजयी भयो ।

खेलमा भर्जिल भान डाईक, मेम्फिस डिपे र जर्जि्नियो वहाल्दुमले एक एक गोल गरे । जितसँगै नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा उक्लिएको छ ।

यो समूहका दुई खेलबाट ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहँदा समान खेलबाट ३ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो तथा १ अंक जोडेको जर्मनी तेस्रो स्थानमा छ । गएरातिको हारसँगै प्रशिक्षक वाकिम लोउको टोली जर्मनी थप दबाबमा आएको छ ।

सन् २०१४ को विश्वकप विजेता जर्मनीले पछिल्लो १२ मध्ये ३ खेल मात्रै जितेको छ । गएराति नै भएको युएफा नेसन्स लिग बी को खेलमा चेक गणतन्त्रले स्लोभाकियालाई २–१ ले हराउँदा आयरल्याण्ड र डेनमार्कले गोलरहित बराबरी खेलेका छन् ।