जुवाखालबाट नगदसहित १६ जना पक्राउ

2423
views

पर्वत, ५, कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्वतले जुवा खेलिरहेको अवस्थामा एकलाख ७१ हजार नौसय रुपैयाँ सहित १६ जनालाई पक्राउ गरेको छ । पर्वत प्रहरीको चाड पर्व बिशेष सुरक्षा योजना अनुसार उनीहरुलाई पक्राउ गरेको हो ।

समाजमा हुने जुनसुकै अवान्छित, कानुन विपरितका क्रियाकलापहरुलाई पूर्ण रुपमा नियन्त्रण गरी सभ्य तथा सुरक्षित समाज निर्माण गर्ने अभियान अन्तर्गत विशेस सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले कुश्मा नगरपालिका वडा नम्वर ६ फिल्म हल चोक स्थित शंकर लामिछानेको घरबाट १६ जना व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट नगद रु.एकलाख ७१ हजार नौसय, २ बुक तास र जुवा खेल्न प्रयोग गरिएको गलैचा थान १ समेत बरामद गरेका जनाएको छ । प्रहरीले थप अनुसन्धानका लागि ५ दिने म्याद थप गरेको पनि स्पष्ट पारेको छ ।