भिरमौरीको मह झिक्न जाँदा लडेर मुत्यु

874
views

गोरखा, ५ कार्तिक । भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर गोरखा बारपाक गाउँपालिका–२ का ५९ वर्षीय जीतबहादुर घलेको मृत्यु भएको छ । घलेको आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए ।

छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भिरमा मह भिक्न हिँडेका घले मह भिक्दै गर्दा एक्कासि चिप्लिएर भिरबाट खसेको मृतकका छोरा गिर्जा घलेकोे भनाइ उद्धृत गर्दै उनले जानकारी गराए ।

कुम्र्याह भिर अत्यन्तै जोखिमपूर्ण भए पनि त्यस क्षेत्रका मानिस जोखिम मोलेर भिरमौरीको मह भिक्न जाने गरेका छन् ।