राष्ट्रिय सभाका अध्यक्षद्वारा मौलाकालिका दर्शन

749
views

नवलपरासी, ७ कात्तिक । बडादशैंको अन्तिम दिन बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवलपरासीको गैडाकोटमा रहेको मौलाकालिका मन्दिरको दर्शन तथा पूजाआरधाना गरेका छन् ।

बुधबार विहान उनी मौलाकालिका दर्शनका लागि आएका हुन् । उनले मौलाकालिका मन्दिरको दर्शन गरी पूजा आरधाना गरेका थिए ।उनको स्वागतमा मौलाकालिका मन्दिर व्यवस्थापन समितिले दशैं तिहार छठ लगायतका पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेका थिए ।