डोनाल्ड ट्रम्प चढ्ने रहस्यमय ‘क्याडिलाक वान’ कार (भिडियो सहित)

आधुनिक बन्दुकदेखि ब्लडसम्म कारमै

1165
views

अमेरिका । पछिल्लो समयमा विश्वका शक्तिशाली राष्ट्र प्रमुखहरु माथी सुरक्षा चुनौती बढ्दै गएकाले प्राय सबै शक्तिशाली राष्ट्रहरुले त्यसमा ध्यान दिएको देखिन्छ । संसारकै शक्तिशाली राष्ट्रको रुपमा रहेको अमेरिका र त्यहाँका प्रमुख डोनाल्ड ट्रम्सले समेत पछिल्लो समयमा आफुलाई असुरक्षित महसूस गरेको उनले चढ्ने नयाँ कारको चर्चाले पुष्टी गरेको छ ।

श्रोतका अनुसार बिभिन्न खाले आन्तरिक तथा वाह्य खतरा गरिएका कारण राष्ट्रका प्रमुखको सुरक्षालाई मध्यनजर गर्दै उनी चढने गाडीलाई विशेष तरिकाले बनाउन लगाइएको हो । हाल उनी चड्ने कार संसारकै महंगो कार मध्यमा समेत पर्दछ ।

विश्वमा दिनप्रतिदिन बढ्दै गईरहेको आतंकबादले गर्दा शक्तिशालि देशका राष्ट्रप्रमुखलाई केन्द्रबिन्दुमा राखेर आफ्ना गतिबिधिहरु सञ्चालन गर्ने गरेको पछिल्लो तथ्यका कारण शक्तिशाली राष्ट्र अमेरिका समेत त्रसित बनेको देखिन्छ । उसले सुरक्षामा विशेष ध्यान दिएको छ ।

आतंककारीहरुको निसानामा शक्तिशाली राष्ट्रहरु हुनेगरेका छन् । त्यसैले अमेरिका लगायत विश्वका शक्तिशाली राष्ट्रहरुले आफ्नो देशको प्रमुखको सुरक्षार्थ महंगो कारहरु उपलब्ध गराउने गरेको खुल्न आएको छ ।

शक्तिशाली मानिएका केहि राष्ट्रका प्रमुखमाथी घटेका कार विस्फोट, कार दुर्घटना, आतंकवादीको निसाना जस्ता अधिंकाश गतिविधीले सुरक्षा खतरा देखिएकाले त्यसबाट जोगिन सक्ने क्षमताको कार उनीहरुले प्रयोग गर्ने गरेका छन ।

हाल विश्वको सवैभन्दा शक्तिशाली मानिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाको लागी प्रयोग गरिएको बिशेष प्रकारको, महंगो कारको चर्चा देखिन्छ । यसबारेमा केहि रोचक जानकारीहरु रहेका छन ।

ट्रम्पले चढ्ने कार ‘क्याडिलाक वान’–मोटर निर्माता कम्पनी र मूल्य 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चढ्ने गाडी अमेरिकी मोटर निर्माता जनरल मोटर्स कम्पनीको उत्पादन हो । विश्वका धेरै प्रतिष्ठित व्यक्ति चढ्ने महंगा ब्रान्डका गाडी यो कम्पनीले उत्पादन गर्ने गर्छ ।

यसमध्येपनि ‘द बिस्ट’ का नामले चर्चित सबैभन्दा महंगो ‘क्याडिलाक वान’ गाडी ट्रम्पले चढ्ने गरेका छन । बिशेष तरिकाले बनाएको यो गाडी जतिसुकै मुल्य तिरेपनि अन्य सर्वसाधारणले भने पाउँदैनन् ।

त्यसो त अमेरिकी पूर्वराष्ट्रपतिहरु समेत यस्ता बिशेष प्रकारको कार चढ्ने गरेका थिए । यद्यपी यो कार भने पूर्वराष्ट्रपति चढ्ने कारभन्दा १५ मिलियन बढि खर्चेर बनाईएको बिशेष प्रकारको कार हो ।

हाल डोनाल्ड ट्रम्पले चढ्ने गरेको कार केही समय पहिले मात्र सार्वजनिक भएको हो । त्यो कार अनेक प्रकारले रहस्यमय रहेको जानकारी विभिन्न सञ्चारमाध्यमहरुबाट बुझिएको छ । उक्त कार विभिन्न रहस्यमय भएका कारण राष्ट्रपति ट्रम्पको पुरै विश्वमा चर्चित छ ।

कारको तौल बोइङ ७५७ विमान बराबरः ८ इन्चको ढोका

डोनाल्ड ट्रम्पको कारको तौल बोइङ ७५७ विमान जति रहेको बताइएको छ । कारको ढोका ८ इन्चको रहेको छ, कारको ढोका बन्द रहेको अवस्थामा कुनै पनि प्रकारको रसायनीक आक्रमणले समेत असर नगर्ने बताइएको छ ।

श्रोतका अनुसार उक्त कारको ढोका रासायनिक आक्रमणलाई मध्यनजर राख्दै इन्टेरियरलाई सिल गरिएको छ । रासायनिक आक्रमणमा परी श्वास फेर्न नमिल्ने अवस्था आए भित्रैबाट निकाल्न मिल्ने गरी गाडीको डिक्कीमा अक्सिजन सिलिन्डर राखिएको छ । त्यहाँ आगो निभाउने उपकरण र आगलागीबाट बच्न आवश्यक अन्य सामग्री पनि राखिएको छ ।

कारको अगाडिको ढोकामा ५ इन्चको मोटो लेयर समावेश गरिएको छ, जसले कुनै प्रकारको बुलेटलाई छेक्न सक्ने क्षमता रहेको छ । ड्राइभर पट्टिको ढोकामा भने ३ इन्चको मोटो ग्लास जडान गरिएको छ ताकि ड्राइभरले आपतकालीन समयमा सजिलैसँग सर्भिस एजेन्टसँग सम्पर्क गर्न सकियोस् ।

अर्को रोचक कुराः कारमा आधुनिक बन्दुकदेखि ब्लडसम्म

उक्त कारलाई बुलेट प्रुफ, माइन प्रुफ र अन्य प्रकारको हमलाबाट बच्नको लागि सुरक्षित बनाएको छ । कारमा राष्ट्रपति ट्रम्पको ब्लड ग्रुपसँग मेला खाने रगतले भरिएको एक रेफ्रिजरेटर पनि राखिएको छ ।

कारमा आक्रमणको प्रतिरक्षा गर्नको लागि बन्दुक र अश्रुग्याँसको गोलाहरु पनि सुरक्षाको लागि फिट गरिएको छ । बिस्टको फ्रन्ट ग्रिलमा धेरै प्रकारको आधुनिक बन्दुक जडान गरिएको छ । साथै यसमा एक खास बन्दुक, नजिकबाट कसैले हमला गरेमा आगो फ्याँक्ने साधन पनि राखिएको छ ।

‘इमरजेन्सी मोड’मा नियमित सम्पर्क हुर्नेः स्याटलाइट पनि कारमै

उक्त कारको डोनाल्ड ट्रम्प बस्ने सिटमा स्याटलाइट फोन पनि जडान गरिएको छ । सो फोनमार्फत ट्रम्पले पेन्टागनसँग सीधा सम्पर्क राख्न सक्छन् । स्याटलाइटबाट ‘इमरजेन्सी मोड’मा नियमित सम्पर्क हुन सक्छ भने गाडी कहाँ छ भनेर ‘सेक्रेट सर्भिस एजेन्सी’को हेडक्वार्टरमा निरन्तर जानकारी भइरहन्छ ।

ट्रम्पको गाडीको स्टेरिङ अन्य गाडीको ड्यासबोर्डमा स्याटलाइट फोन र जिपिएस ट्याकर जडान गरिएको छ । यो कारको बाहिरी बनावट ठूला बम हमलाहरू सहने मात्रै होइन, बायोलोजिकल र केमिकल आक्रमणले समेत केही गर्न नसक्ने खालको हुन्छ ।

नाइटभिजन क्यामेरा जडानः टायरमा स्टीलको रिम

गाडीको अगाडिपट्टि नाइटभिजन क्यामेरा जडान गरिएको छ, जसकारण जस्तोसुकै अँध्यारोमा पनि चालकले अगाडि भएको स्क्रिनमा हेर्दै सजिलोसँग गाडी कुदाउन सक्छन् । त्यसैगरी कारको टायरमा स्टीलको रिम राखिएको छ । यदि कुनै कारणवश टायर पन्चर भएमा कारको स्पिडमा कुनै फरक पर्दैन ।

हावाविना गुड्ने यो गाडीको टायर केभ्लर फाइबरबाट बनाइएको हो । यसका टायरहरू पङ्चर हुने, च्यातिने, छेडिनेलगायत हुँदैन । कुनै विस्फोट गराएर गाडीको टायर धुजाधुजा बनाइयो भने पनि टायरभित्र विशेष किसिमका स्टिल रिम हुन्छन, जसले गर्दा गाडी विनासमस्या कुदिरहन्छ ।

लकसिटनजिकको बाहेक यो गाडीमा भएका अन्य कुनै पनि झ्याल खुल्दैनन् । चालकको झ्याल पनि जम्मा ३ इन्च तलसम्म मात्र खुल्छ । यो व्यवस्था गर्नुको कारण हो, आवश्यक पर्दा सँगसँगै हिँडिरहेका ‘सेक्रेट सर्भिस एजेन्ट’ र गाडीचालकबीच कुराकानी हुन सकोस् । अमेरिकि समाचार माध्यम (thesun.co.uk) बाट