दर्ता नभएको संस्थाको कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष प्रमुख अतिथि

799
views

मेहन्द्र जिसी
पर्वत, ११ कार्तिक । दर्ता नै नगरी पाँचवर्षसम्म सामाजीक क्षेत्रमा काम गर्दै आएको पर्वत सेवा समाज युएईले पाँचौं वरियतामा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई प्रमुख अतिथि बनाएपछि टिका टिप्पणी उठेको छ । दर्ता नभएका संघसंंस्थाको उद्घाटनमा हिडेको भन्दै सर्वसाधारणले आलोचना गरेका हुन् ।

दर्ता नभएको संस्था पर्वत सेवा समाज युएईले आयोजना गरेको विजया दशमी शुभदिपावलीको शुभकामना आदान प्रदान कार्यक्रमको पाँचौं वरियतामा रहेका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले विदेशमा दुःख गरेर कमाएको ८० प्रतिशत कमाई विलाशितामा खर्च हुने गरेको बताए । उनले नेपालका हरेक स्थानीय तहमा कानुनको अभाव भएकोमा सबै कानुन बनीसकेका कारण लगानी सुरक्षीत हुने बताउँदै उत्पादन र स्थानीय पर्यटनमा लगानी गर्न विदेशी संघ संस्थाहरुलाई आग्रह समेत गरे ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले सपनामाथी सपना देखाउनुभन्दा विदेश पुगेर आयआर्जन गरेर मातृभुमीमा लगानी गर्छौ भन्ने युवाहरुलाई वर्तमान सरकारले हौसला दिनुपर्ने बताए ।

जोशीले आँफु सभासद रहँदा विदेश पुगेर नेपालीहरुको अवस्थाको सुक्ष्म अध्ययन गरेको तर विदेशीएका युवाहरुले विदेशमा अवसर नपाएको बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदम गिरीले देशमा भन्दा विदेशमा मातृभुमीको महत्व बढी भएको बताए ।

कार्यक्रममा संस्थाका संस्थापक मणी भुर्तेलले २०१३ मा गठन भएको संस्थाले पाँच वर्षसम्म गरेका कार्यक्रमहरु प्रस्तुत गरेका थिए । पर्वत सेवा समाज युएई सामाजिक संस्था भएकोले दर्ता नगरिएको भुर्तेलले बताए ।

कार्यक्रममा जिल्लाका सात स्थानीय तहका प्रमुख उप प्रमुख कार्यकारी तथा वडा अध्यक्षहरुको समेत सहभागिता थियो ।

दर्ता नगरीएको संस्था भएपनि देशका विशिष्ठ व्याक्तिहरुको आगमन भएका कारण सहभागि भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।