प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

791
views

काठमाडौं । ११ कात्तिक । मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।

प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराममा रहनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले एक प्रेस नोट जारी गर्नुभएको छ ।

प्रधानमन्त्रीको हाल ज्वरो नियन्त्रणमा आई स्वास्थ्यमा क्रमिक सुधार भइरहेको समेत जनाइएको छ ।