महिला टिमले ड्रग्समा आगो लगाएर लियो सेल्फी

770
views

काठमाडौं । यतिबेला विश्वभर एक महिला टिमले ४०० किलो अवैध लागुऔषधमा आगो लगाएको चर्चा भइरहेको छ । पाकिस्तानको पेशावरमा एन्टी नार्को्टिक्स फोर्स एएनएफलको महिला टिमले कब्जामा लिएको अवैध ४०० किलो लागुऔषधमा आगो लगाएर सेल्फी लिएका हुन् ।

यी तस्वीरहरु अहिले सोसियल मिडियामा भाइरल भइरहेका छन् । मानिसहरुले त्यो महिला टिमले देखाएको हिम्मतप्रति ऐक्यवद्धता जनाएका छन् । यसलाई नशाको विरुद्धमा महिला क्याम्पेनका रुपमा हेरिएको छ । भाइरल भएका तस्वीरमा एक महिला पुलिसकर्मीले हातमा राइफल लिएकी छिन् ।

पाकिस्तानी महिलालाई दबाएर राखिने अड्कल विरुद्ध पाकिस्तानी महिलाहरु साहसी भएको प्रतिक्रिया पनि आइरहेको छ ।

यो कदमको पाकिस्तानी रक्षा मन्त्रालयले तारिफ गरेको छ । त्यो महिला टिमले समाजलाई लागुऔषध मुक्त बनाउन चाहेको प्रतिक्रिया पनि दिएका छन् ।