प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

788
views

काठमाडौँ, १४, कात्तिक । छातीमा सङ्क्रमण भएर स्वास फेर्न असहज भएपछि मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हँुदै गएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको जानकारी दिए ।

अस्पतालले मङ्गलार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको जानकारी दिएको छ । प्रधानमन्त्रीको उपचारमा संलग्न डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले बिहान आफैँले खाजा खाएको तथा दाह्री समेत काट्नुभएको जानकारी दिए । अस्पतालले छिट्टै डिस्चार्ज गर्ने जानकारी दिएको छ ।’