निर्माणाधिन मध्य पहाडी राजमार्गमा धुलो

1524
views

महेन्द्र जिसी
पर्वत, १६ कार्तिक । मध्य पहाडी राजमार्गमा धुलोका कारण जनजीवन प्रभावित बनेको छ । निर्माणधिन चरणमा रहेको राजमार्गमा उडेको धुलोका कारण दुर्घटनाको समेत जोखिम बढेको छ ।

पर्वत कुश्मा नगरपालिका–७ को प्रवेशद्वारबाटै यात्रुले धुलोको पीडा खेपेका छन् । निर्माणका क्रममा रहेको पर्वत खण्डमा निर्माण व्यवसायी र स्थानीय सरकारले खासै चासो नदिंदा अहिले दुर्घटनाको दर समेत बढन थालेको छ ।

लामा कनस्टर्कशनले जिम्मा पाएको सडक स्तरवृद्धिको कामले गति लिएको भएपनि जनजीवन प्रभावित भएको हो । धुलोका कारण पाकेको अन्न तथा आसपासका बस्तीमा समेत धुलोको कुहीरी मण्डल लागिरेको छ ।

दैनीक हजार भन्दा बढी सवारीका साधनहरु गुड्ने सडकमा धुलोकै कारण सडक नदेखीने गरेको यातायात व्यवसायीको भनाई छ । स्थानीयले धुलो हटाउन दैनिक सडकमा पानी छर्कने गरेपछि दुर्घटनाको जोखिम समेत बढेको हो ।

स्थानीय सरकारलाई धुलोको अवस्थाका बारेमा जानकारी गराउँदा पनि स्थानीय सरकारका प्रतिनीधिहरुले वेवास्था गरेको स्थानीयको आरोप छ । सञ्चार माध्यममा भने धुलो व्यवस्थापनको पहल भएको बताउने जनप्रतिनीधिहरुले वेवास्था गरिदिंदा सर्वसाधारणहरु धुलो पीडित बनेका हुन् ।

धुलो व्यवस्थापनका विषयमा निर्माण कम्पनीसँग पहल भईरहेको कुश्मा नगरपालिका–७ का वडा अध्यक्ष सुवास चन्द्र पौडेलको भनाई छ ।

दुई किलो मिटर क्षेत्रफलमा काम भईरहेका कारण निर्माण कम्पनीलाई वस्ती आसपासमा चाँडो काम गर्न लगाइएको वडा कार्यालयले जनाएको छ ।

सडकमा दैनिक उड्ने धुलोले मानव स्वास्थ्यमा प्रतिकुल असर पुगेका कारण धुलो व्यवस्थापन गर्न निर्माण कम्पनीलाई आग्रह गरीएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार निर्माण कम्पनी र ठेकेदारालाई बोलाएर बस्ती आसपासमा धुलो कम हने गरी काम गर्ने निर्देशन गरीएको छ । तर, निर्माण कम्पनीले सवारी साधनकै जाम लगाएर काममा तलिलन रहेको पाइएको छ ।

निर्माणाधिन सडकका बासिन्दाले धुलोका कारण गाई बस्तुलाई खुवाउने घाँस पराल समेत पानीले पखालेर खुवाउँनु परेको छ ।