पीपीएल एलिमिनेटरः काठमाडौं ९४ रनमा अलआउट

817
views

पोखरा । पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको सेमिफाइनलमा काठमाडौं रोयल्सले चितवन राइनोजलाई जितका लागि ९५ रनको सामान्य लक्ष्य दिएको छ।

पोखरा प्रिमियर लिग एलिमिनेटरको खेलमा काठमाडौं रोयल्सले चितवन विरुद्ध कमजोर ब्याटिङ गरेको हो। टस जित्दै ब्याटिङ रोजेको काठमाडौंले सबै विकेट गुमाएर ९४ रनको सामान्य योगफल बनाएको हो । अब चितवनलाई फाइनल पुग्नका लागि एक सय २० बलमा ९५ रन बनाउनु पर्नेछ ।

काठमाडौंका लागि ओपनर जयकृष्ण कोसवालले २५ रन र कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको योगदान गरे । काठमाडौंका अन्य ब्याट्सम्यानले दोहोरो अंकुसम्म जोड्न सकेनन् ।

उत्कृष्ट बलिङ गर्ने क्रममा चितवनका लागि सन्नि पटेलले ३ विकेट, समित पटेल र भुवन कार्कीले समान २र२ विकेट लिए । कप्तान पारस खड्का र करण केसीले समान १र१ विकेट लिए ।