माथिल्लो तामाकोशीको लागत दोब्बर

631
views

काठमाडौं, १९, कात्तिक । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण समय लम्बिदै गएको छ । निर्माण समय लम्बिदै गएपछि नेपाल विद्युत प्राधिकरणले निरन्तर घाटा ब्यहोरिरहेको छ । लक्ष्यअनुसार आयोजनाको निर्माण नहुँदा साढे चार वर्षमा दैनिक ४ करोडका दरले ६६ अर्ब घाटा खेप्नु परेको हो ।

निरन्तरको बिलम्बबीच सरकारले पछिल्लो पटक २०७६ कात्तिकभित्र बहुचर्चित र बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण पूरा गर्ने लक्ष्य लिएको थियो । तर योजनाअनुसार काम नहुँदा निर्माण समय पनि लम्बिएको हो ।

निर्माणमा ढिलाई हुँदा एकातिर लागत दोब्बर भएको छ भने विद्युत प्राधिकरण र माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडलाई ६५ अर्ब ७० करोड रुपैयाँ घाटा भइसकेको छ ।

भूकम्पका कारण आयोजना सम्पन्न हुने मिति साढे ४ वर्ष धकेलिएको छ । आयोजनामा हालसम्म ब्याजबाहेक ४९ अर्ब २९ करोड रुपैयाँ लगानी भएको छ ।