बर्दियामा गोली प्रहार गरी हत्या

495
views

बर्दिया, १९, कात्तिक । बर्दियाको बढैयातालमा गएराती अज्ञात समूहको गोली प्रहारबाट एक व्यक्तीको ज्यान गएको छ । बढैयाताल गाउँपालिका–३ गोबरियापुरका ३५ वर्षीय मोहन खटिकको गोली प्रहारबाट हत्या भएको हो ।

घरमा सुतिरहेका खटिकलाई गोली प्रहार गरी लुटेरा समूहले घरमा रहेको ५० हजार रुपैयाँसमेत लुटेर लगेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समूहको पहिचान भएको छैन ।

गोली प्रहारबाट गम्भीर घाइते भएका खटिकको उपचारको क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टले जनाएको छ ।