एभर्टनलाई प्रतिबन्धसहित पाँचलाख जरिवाना

643
views

काठमाडौं । इंग्लिस फुटबल क्लब एभर्टनले खेलाडी अनुबन्धको नियम उल्लंघन गरेको भन्दै एभर्टनलाई २ बर्षको प्रतिबन्ध लगाएको छ । साथै एभर्टनलाई ५ लाख पाउण्ड जरिवानासमेत गराइएको छ ।

एभर्टनले आगामी दुई वर्षसम्म क्लबको एकेडेमीका लागि नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने भएको छ ।

प्रतिबन्धसँगै एभर्टनले आफ्नो एकेडमीका लागि १० देखि १८ बर्षका खेलाडी २ बर्षसम्म किनबेच गर्न पाउने छैन । एभर्टनले सन् २०१६ मा कार्डिफ सिटीका युवा खेलाडी भित्र्याउँदा प्रिमियर लिगको नियम तोडेको बताइएको छ ।