हात्तीको आक्रमणबाट एकको मृत्यु

1148
views

चितवन कडौलीमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्लाको राप्ती नगरपालिका वडा नम्बर २, कडौलीमा हात्तीले मारेको अवस्थामा सोही वडामा पर्ने कुपण्डोलका २३ वर्षीय सागर राईको शव भेटिएको प्रहरीले जनाएको छ ।

राईलाई राति नै हात्तीले आक्रमण गरेको भए पनि घटनाबारे शनिबार बिहान साढे ७ बजे जानकारी आएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।