भूतपूर्व विद्यार्थी समाजको प्रथम अधिवेशन सम्पन्न

1004
views

पर्वत । जनता सुर्दशन मावि ठुलिपोखरीमा भूतपूर्व विद्यार्थी समाजको प्रथम साधारण सभा एवं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति समेत गठन गरेको छ ।

अधिवेशनले भूतपूर्व विद्यार्थी समाजका पूर्व उपाध्यक्ष मिलन पौडललाई अध्यक्षमा चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा उमेश सापकोटा, सचिव विष्णु बहादुर विक, सह–सचिवमा मायादेवी पौडेल र कोषाध्यक्षमा शिव लामिछानेलाई चयन गरेको छ ।

यस्तै समितिको सदस्यहरुमा सबिता कुमारी शर्मा, प्रमोद सुवेदी, प्रकाश सापकोटा, शम्भु पौडेल, भरत सापकोटालाई चयन गरिएको छ ।

साधारण सभामा बोल्दै कुश्मा नगरपालिका १२ का अध्यक्ष राजेन्द्र पौडेलले विद्यालयको शैक्षिकस्तर सुधारका लागि भूतपूर्व विद्यार्थीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

निवर्तमान अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षतामा सम्पन्न अधिवेशनको सञ्चालन सचिव विष्णु वहादुर विक र स्वागत पूर्व उपाध्यक्ष एवं वर्तमान अध्यक्ष मिलन पौडेलले गरेका थिए ।