पाँच घर आगोले खरानी

673
views

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट इस्लामनगरका शिवप्रसाद अराख, सन्तराम लोनिया, चन्द्र लोनिया, राममुरत मुराउ र वंसीनाथ लोनियाको खरले छाएको फुसको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

आगलागीबाट रु दुई लाखबराबरको क्षति भएको जनाइएको छ । अग्निपीडित खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् ।