धादिङमा ग्यास बुलेट दुर्घटना, दुईको मृत्यु

788
views

धादिङ — धादिङको बेनिघाटस्थित विशालटारमा ग्यास बुलेट सडकबाट खस्दा दुईजनाको मृत्यु भएको छ । बुलेट पल्टिँदा आगलागी पनि भएको प्रहरीले जनाएको छ ।

पल्टिएको बुलेटमा आगलागी भएसँगै राजमार्गसमेत अवरुद्ध भएको छ । घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी पुगिसकेका छन् । भारतको बरेनीबाट बालाजुस्थित नेपाल ग्यासको कारखानाका लागि ग्यास बोकेर आएको युपि ७५ एटि ५२०८ नम्बरको बुलेट विशालटारमोडबाट करिब २०र३० मिटर तल खस्दा सडकमा उक्लन गोरेटो बाटो हिँड्दै गरेका आमा ३९ वर्षीया गीता नेपाली र १९ वर्षीया छोरी सुनिता नेपालीलाई बुलेटले किचेको प्रहरीले जनाएको छ । मृतक आमा गीता स्थानीय बेनिघाट रोराङ गाउँपालिका-५ कि निर्वाचित सदस्य पनि हुन् ।