नेपाल र म्यानमार भिड्दै

720
views

काठमाडौं, कात्तिक २५ । टोकियो ओलम्पिक खेलका लागि एसियाली समूहको महिला फुटबल छनोटमा आज नेपालले म्यानमारसँग खेल्दैछ । भारतसँग १–१ गोलको बराबरी खेलेको नेपालले आज दोस्रो खेलमा आयोजक म्यानमारको सामना गर्न लागेको हो ।

म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा सो खेल हुँदैछ । आजै हुने अर्को खेलमा भारत र बंगलादेश भिड्नेछन् । अंक तालिकामा म्यानमार शीर्षस्थानमा छ भने नेपाल दोस्रो र भारत तेस्रो स्थानमा छ ।